PSC (psc.gov.np) website is currently down, so new notices and results cannot be fetched right now. We will update as soon as it is back.

लोक सेवा आयोगको वेबसाइट अहिले चलेको छैन। आयोग सञ्चालनमा आउनासाथ सूचना तथा नतिजा अपडेट गरिनेछ।

लोक सेवा आयोग
अप्राविधिक तर्फका न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संसद सेवा
राजपत्र अनंकित प्रथम श्रेणी — नायब सुब्बा वा सो सरह पदको खुला प्रतियोगितात्मक परीक्षा

प्रथम पत्र
सामान्य ज्ञान र बौद्धिक परीक्षण
१०० अंक
५० MCQ
४५ मिनेट

परीक्षा योजना (Examination Scheme)

चरण विषय पूर्णांक उत्तीर्णांक प्रश्न संख्या × अंक समय
प्रथम चरण
(प्रारम्भिक/Screening)
सामान्य ज्ञान र सामान्य बौद्धिक परीक्षण १०० ४५ ५० प्रश्न × २ अंक
(बहुवैकल्पिक MCQ)
४५ मिनेट
द्वितीय चरण — पत्र २
(मूल परीक्षा)
समसामयिक अध्ययन र सार्वजनिक सेवा व्यवस्थापन १०० ४० १४ प्रश्न × ५ अंक
३ प्रश्न × १० अंक
२ घण्टा ३० मि.
द्वितीय चरण — पत्र ३ सेवा-समूह सम्बन्धी विषय १०० ४० पाठ्यवस्तुमा दिएए अनुसार २ घण्टा ३० मि.
अन्तिम चरण कम्प्युटर सीप परीक्षण (१०)
अन्तर्वार्ता (३०)
४० — प्रयोगात्मक + मौखिक १५ मिनेट
⚠️ महत्त्वपूर्ण नियमहरू:
• प्रथम चरण स्क्रिनिङ मात्र — यसको अंक मूल परीक्षामा समावेश गरिन्न
• गलत उत्तर बापत २०% अंक कट्टा | उत्तर नदिएमा कट्टा छैन
• परीक्षामा क्याल्कुलेटर प्रयोग गर्न पाइन्न
• पाठ्यक्रम लागू मिति: २०८१/०३/२०

प्रथम पत्र पाठ्यक्रम

भाग १: सामान्य ज्ञान — ३० प्रश्न × २ अंक = ६० अंक

एकाइ विषय प्रश्न
१.१ ब्रह्माण्ड सम्बन्धी जानकारी — सौरमण्डल: सूर्य, ग्रह, उपग्रह, शिशुग्रह, उल्का, धूमकेतु/पुच्छ्रे ताराहरू | पृथ्वी: परिचय, उत्पत्ति र गति १
१.२ विश्वको भूगोल — महादेश, महासागर, ध्रुव, अक्षांश, देशान्तर, अन्तर्राष्ट्रिय तिथि रेखा, समय, दूरी, पर्वतश्रृंखला, मरुभूमि, भूकम्प, ज्वालामुखी, नदी, हिमनदी, ताल, जलवायु, व्यापारिक वायु, मनसुन २
१.३ नेपालको भूगोल — धरातलीय स्वरूपको किसिम, विशेषता; प्राकृतिक स्रोत: किसिम, उपलब्धि र वर्तमान अवस्था; भौगोलिक विविधता र जनजीवन; नेपालमा पाइने हावापानीको किसिम र विशेषता ४
१.४ विश्वको इतिहास — म्याग्नाकार्टा, औद्योगिक क्रान्ति, फ्रान्सको राज्यक्रान्ति, अमेरिकी स्वतन्त्रता संग्राम, रुसी/अक्टोबर क्रान्ति, प्रथम र द्वितीय विश्वयुद्ध, भारतीय स्वतन्त्रता संग्राम — घटना, कारण र परिणामहरू १
१.५ नेपालको इतिहास (प्राचीन–हालसम्म) — किराँतकाल, लिच्छविकाल र मध्यकाल; सामाजिक, आर्थिक एवं राजनीतिक अवस्था; आधुनिक इतिहास; राजनीतिक घटनाक्रम, कारण र परिणामहरू २
१.६ नेपालको सामाजिक एवं सांस्कृतिक अवस्था — प्रथा, परम्परा, मूल्य र मान्यता, धर्म, जातजाति, भाषाभाषी, संस्कृति, कला, साहित्य, संगीत; सांस्कृतिक सम्पदाको किसिम, विशेषता र महत्त्व ४
१.७ नेपालको आर्थिक अवस्था — विकासका पूर्वाधारहरू (कृषि, उद्योग, व्यापार, पर्यटन, यातायात, संचार, शिक्षा, स्वास्थ्य, विद्युत) र विकास योजना ३
१.८ विज्ञान प्रविधि र स्वास्थ्य — विज्ञान प्रविधिको विकासबाट मानव जीवनमा परेको प्रत्यक्ष प्रभाव; जैविक प्रविधि, सूचना तथा सञ्चार प्रविधि र वैकल्पिक उर्जा; क्रमविकास र वंशाणु, स्वास्थ्य, रोग, खोप, खाद्य, पोषण, सरसफाइ; दैनिक जीवनमा प्रयोग हुने वस्तुहरू ३
१.९ पारिस्थितिक पद्धति र वातावरण — पारिस्थितिक पद्धतिको परिचय र प्रकार तथा जीव भू-रासायनिक चक्र; दिगो विकास, जैविक विविधता, दुर्लभ पशुपंछी र वनस्पति, विश्वव्यापी उष्णता, जलवायु परिवर्तन, हरितगृह प्रभाव, ओजोन विनाश, वातावरण, प्रदूषण, जनसंख्या, शहरीकरण, बसोबास ३
१.१० अन्तर्राष्ट्रिय सम्बन्ध तथा संघ/संस्था — नेपालका छिमेकी देशहरू, बेलायत, अमेरिका, जापानसँगको सम्बन्ध; संयुक्त राष्ट्रसंघ: अङ्ग, विशिष्टीकृत संस्था र गतिविधि; क्षेत्रीय संगठन: सार्क, बिमस्टेक, आसियान, युरोपियन संघ २
१.११ समसामयिक — राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्त्वका राजनीतिक, सामाजिक, आर्थिक, वैज्ञानिक, सांस्कृतिक, खेलकुद, पुस्तक, पुरस्कार, कला, साहित्य, संगीत लगायत समसामयिक घटना र महत्त्वपूर्ण व्यक्तित्व ५

भाग २: सामान्य बौद्धिक परीक्षण — २० प्रश्न × २ अंक = ४० अंक

एकाइ विषय प्रश्न
२.१ शाब्दिक तार्किक परीक्षण — बोध, शब्दज्ञान, अनुक्रम, समरूपता, वर्गीकरण, कोडिङ-डिकोडिङ, छोडिएका अक्षर/संकेत मिलाउने, दिशा र दूरी ज्ञान परीक्षण, तार्किक विश्लेषण, श्रेणीक्रम (पंक्तिक्रम), भनाई र कारण, आगमन, निगमन, कार्य/अवस्थाको सिलसिला ६
२.२ मात्रात्मक (संख्यात्मक वा अंक सम्बन्धी) तार्किक परीक्षण — अनुक्रम (श्रेणीक्रम), समरूपता, वर्गीकरण, कोडिङ, छोडिएका संख्या मिलाउने, साझा गुण, मेट्रिक्स, तथ्याङ्क व्याख्या, तथ्याङ्क जाँच, अंकगणितीय तर्क/क्रिया, प्रतिशत, भिन्न, दशमलव, अनुपात, औसत, नाफा, नोक्सान, मिति/पात्रो, समय र काम ८
२.३ अशाब्दिक तार्किक परीक्षण — अनुक्रम, समरूपता, एकरूपता, वर्गीकरण, तार्किक चित्रात्मक विश्लेषण, भेन चित्र, मेट्रिक्स चित्र, त्रिभुज र वर्गहरूको रचना, चित्र वा आकृति बनावट र विश्लेषण, विन्दु स्थान/स्थिति, पानीमा देखिने आकृति, ऐनामा देखिने आकृति, अन्तर्निहित आकृति, चित्रको स्थानान्तरण ६