लेखा (Accounting) — Paper I, Section B बहिखाता जर्नल/लेजर 2.1–2.2 ट्रायल ब्यालेन्स हिसाब मिलान 2.3–2.4 P&L / BS वित्तीय अनुपात 2.5–2.6 अडिट / ह्रास आन्तरिक जाँच 2.7–2.8 सरकारी लेखा NAS / NFRS 2.9–2.10 मौज्दात व्यवस्थापन 2.11 Paper I — Section B: ५ वटा प्रश्नमध्ये ४ वटा छान्नुस् | ४×५ = २० + २×१० = २० (जम्मा ४०) बैंकिङ सन्दर्भमा लेखा: BFI को ब्यालेन्स सिट, नाफा-नोक्सान हिसाब, NRB को Prudential Norms, Basel III पूँजी पर्याप्तता

📚 लेखा — परिचय (Introduction to Accounting)

लेखा भनेको व्यापारिक कारोबारहरू रेकर्ड गर्ने, वर्गीकरण गर्ने, सारांश बनाउने र व्याख्या गर्ने कला तथा विज्ञान हो। बैंकिङ सन्दर्भमा लेखाको विशेष महत्त्व छ किनभने NRB ले सबै BFI हरूलाई NFRS/NAS अनुरूप वित्तीय विवरण प्रकाशित गर्न बाध्य पार्छ।

उद्देश्य विवरण
Recording Double-entry प्रणालीमा सम्पूर्ण कारोबार रेकर्ड
Classifying सम्बन्धित खाताहरूमा वर्गीकरण (Ledger)
Summarising Trial Balance, P&L, Balance Sheet तयार
Interpreting वित्तीय अनुपात विश्लेषण — NPL, CAR, ROA, ROE

🏦 बैंकिङमा लेखाको महत्त्व

  • NRB Directive: सबै वाणिज्य बैंकले NFRS अनुरूप Quarterly र Annual Financial Statements सार्वजनिक गर्नुपर्छ
  • Prudential Norms: CRR (4%), SLR (10%), Capital Adequacy Ratio (11%), Credit to Core Capital+Deposit (CCD) 80% सीमा
  • Loan Classification: Pass, Watch-list, Sub-standard, Doubtful, Loss — प्रत्येकमा फरक Provision
  • Asset-Liability Management (ALM): Liquidity Risk र Interest Rate Risk व्यवस्थापन

✍️ ५ अंक उत्तर ढाँचा — लेखा विषय

प्रश्न उदाहरण: “लेखाका उद्देश्यहरू उल्लेख गर्नुस्।” / “Double-entry प्रणाली भनेको के हो?”

  1. परिभाषा — १ वाक्यमा सटीक परिभाषा (२-३ लाइन)
  2. मुख्य बुँदाहरू — ३-४ बुँदा क्रमबद्ध (प्रत्येक बुँदा नेपाली + technical term)
  3. बैंकिङ सन्दर्भ — NRB/BFI सँग सम्बन्ध जोड्नुस्
  4. निष्कर्ष — एक वाक्य

✍️ १० अंक उत्तर ढाँचा — लेखा विषय

प्रश्न उदाहरण: “Bank Reconciliation Statement तयार गर्ने विधि वर्णन गर्नुस्।”

  1. भूमिका — विषयको महत्त्व र बैंकिङसँग सम्बन्ध (२ अनुच्छेद)
  2. परिभाषा र अवधारणा — सटीक परिभाषा
  3. विस्तृत प्रक्रिया / बुँदाहरू — क्रमबद्ध ५-७ बुँदा
  4. उदाहरण / Format — साधारण numeric example वा table format
  5. महत्त्व र सीमा — व्यावहारिक उपयोग
  6. निष्कर्ष — NRB/नेपाल सन्दर्भमा जोड्नुस्
🔑 मुख्य खाता समीकरण:
Assets = Liabilities + Capital (Owner’s Equity)
Double Entry: हरेक Debit को बराबर Credit हुन्छ
Golden Rules: Real A/c: Dr. what comes in, Cr. what goes out | Personal A/c: Dr. the receiver, Cr. the giver | Nominal A/c: Dr. all expenses/losses, Cr. all incomes/gains
💡 NRB परीक्षामा सोधिएका प्रश्नहरू: “लेखाका सिद्धान्तहरू के हुन्?” | “Double-entry प्रणालीको महत्त्व” | “बैंकिङ लेखाका विशेषताहरू” | “NFRS र NAS बीचको फरक”