विश्व इतिहास — प्रमुख ऐतिहासिक घटनाहरू

AAT Part A — Unit 1.2 Note 2.2

विश्वका प्रमुख ऐतिहासिक दस्तावेजहरू

दस्तावेज वर्ष देश महत्त्व
म्याग्नाकार्टा १२१५ इंग्ल्याण्ड मानव अधिकारको प्राचीन दस्तावेज; राजाको अधिकार सीमित गर्ने पहिलो
पिटिसन अफ राइट्स १६२८ इंग्ल्याण्ड संसदीय अधिकार सुदृढ
स्वतन्त्रताको घोषणापत्र १७७६ अमेरिका अमेरिकी स्वतन्त्रता; “सबै मानिस समान”
मानव तथा नागरिक अधिकारको घोषणा १७८९ फ्रान्स फ्रान्सेली क्रान्तिको उपज
मानवाधिकारको सार्वभौमिक घोषणापत्र (UDHR) १९४८ UN संयुक्त राष्ट्रसंघद्वारा; डिसेम्बर १०

प्रमुख क्रान्तिहरू

क्रान्ति देश वर्ष विशेषता
औद्योगिक क्रान्ति इंग्ल्याण्ड ~१७६० स्टिम इन्जिन; कारखाना प्रणाली; इटाली होइन!
अमेरिकी क्रान्ति अमेरिका १७७५–१७८३ ब्रिटिश उपनिवेशबाट स्वतन्त्रता
फ्रान्सेली क्रान्ति फ्रान्स १७८९ स्वतन्त्रता, समानता, भ्रातृत्व; बौद्धिक क्रान्ति पनि भनिन्छ
रुसी क्रान्ति रुस १९१७ बोल्सेभिक क्रान्ति; लेनिनको नेतृत्व; साम्यवाद
चिनियाँ क्रान्ति चीन १९४९ माओ त्से तुङको नेतृत्व; PRC स्थापना

विश्वयुद्धहरू

विषय प्रथम विश्वयुद्ध (WWI) द्वितीय विश्वयुद्ध (WWII)
अवधि १९१४–१९१८ १९३९–१९४५
कारण फ्रान्जको हत्या; गठबन्धन प्रणाली हिटलरको आक्रामकता; पोल्यान्ड आक्रमण
पक्ष Allied vs Central Powers Allied vs Axis (जर्मनी, इटाली, जापान)
परिणाम League of Nations स्थापना UN स्थापना (१९४५); परमाणु बम

भारतीय स्वतन्त्रता आन्दोलन

चरण अवधि नेता/घटना
प्रारम्भिक १८५७–१९१५ सिपाही विद्रोह (१८५७); भारतीय राष्ट्रिय काँग्रेस स्थापना (१८८५)
गान्धी युग १९१९–१९४७ महात्मा गान्धीको नेतृत्व; असहयोग, सत्याग्रह, दाण्डी मार्च (१९३०)
स्वतन्त्रता १९४७ अगस्त १५ भारत र पाकिस्तान छुट्टै राष्ट्र
गान्धी युग: १९१९–१९४७ — परीक्षामा बारम्बार सोधिन्छ
⚡ Quick Recall — विश्व इतिहास

  • म्याग्नाकार्टा: १२१५, इंग्ल्याण्ड — मानव अधिकारको प्राचीन दस्तावेज
  • औद्योगिक क्रान्ति: इंग्ल्याण्डबाट सुरु (इटालीबाट होइन!)
  • फ्रान्सेली क्रान्ति = बौद्धिक क्रान्ति पनि भनिन्छ
  • UDHR: डिसेम्बर १०, १९४८ — मानवाधिकार दिवस यसैकारण डिसेम्बर १०
  • गान्धी युग: १९१९–१९४७
  • UN स्थापना: १९४५ (WWII पछि)
🎯 नमुना MCQ
Q1. औद्योगिक क्रान्तिको सुरुवात कहाँबाट भयो?
A) फ्रान्स   B) जर्मनी   C) इंग्ल्याण्ड ✓   D) इटाली

Q2. भारतीय स्वतन्त्रता आन्दोलनमा गान्धी युग भनेर कुन अवधिलाई चिनिन्छ?
A) १९०५–१९४७   B) १९१९–१९४७ ✓   C) १९२०–१९४७   D) १९१५–१९४७

Q3 (Level II — Assertion-Reason).
कथन (A): DNA Fingerprinting पितृत्व निर्धारण र अपराधी पहिचानमा विश्वसनीय साधन हो।
कारण (R): मौकाको तहकिकातमा प्राप्त रौँ, थुक, वीर्य आदि DNA Analysis का लागि पर्याप्त छन्।
A) A र R दुवै ठीक र R ले A को सही व्याख्या गर्छ ✓