PSC (psc.gov.np) website is currently down, so new notices and results cannot be fetched right now. We will update as soon as it is back.

लोक सेवा आयोगको वेबसाइट अहिले चलेको छैन। आयोग सञ्चालनमा आउनासाथ सूचना तथा नतिजा अपडेट गरिनेछ।

विश्व इतिहास — प्रमुख ऐतिहासिक घटनाहरू

AAT Part A — Unit 1.2 Note 2.2

विश्वका प्रमुख ऐतिहासिक दस्तावेजहरू

दस्तावेज वर्ष देश महत्त्व
म्याग्नाकार्टा १२१५ इंग्ल्याण्ड मानव अधिकारको प्राचीन दस्तावेज; राजाको अधिकार सीमित गर्ने पहिलो
पिटिसन अफ राइट्स १६२८ इंग्ल्याण्ड संसदीय अधिकार सुदृढ
स्वतन्त्रताको घोषणापत्र १७७६ अमेरिका अमेरिकी स्वतन्त्रता; “सबै मानिस समान”
मानव तथा नागरिक अधिकारको घोषणा १७८९ फ्रान्स फ्रान्सेली क्रान्तिको उपज
मानवाधिकारको सार्वभौमिक घोषणापत्र (UDHR) १९४८ UN संयुक्त राष्ट्रसंघद्वारा; डिसेम्बर १०

प्रमुख क्रान्तिहरू

क्रान्ति देश वर्ष विशेषता
औद्योगिक क्रान्ति इंग्ल्याण्ड ~१७६० स्टिम इन्जिन; कारखाना प्रणाली; इटाली होइन!
अमेरिकी क्रान्ति अमेरिका १७७५–१७८३ ब्रिटिश उपनिवेशबाट स्वतन्त्रता
फ्रान्सेली क्रान्ति फ्रान्स १७८९ स्वतन्त्रता, समानता, भ्रातृत्व; बौद्धिक क्रान्ति पनि भनिन्छ
रुसी क्रान्ति रुस १९१७ बोल्सेभिक क्रान्ति; लेनिनको नेतृत्व; साम्यवाद
चिनियाँ क्रान्ति चीन १९४९ माओ त्से तुङको नेतृत्व; PRC स्थापना

विश्वयुद्धहरू

विषय प्रथम विश्वयुद्ध (WWI) द्वितीय विश्वयुद्ध (WWII)
अवधि १९१४–१९१८ १९३९–१९४५
कारण फ्रान्जको हत्या; गठबन्धन प्रणाली हिटलरको आक्रामकता; पोल्यान्ड आक्रमण
पक्ष Allied vs Central Powers Allied vs Axis (जर्मनी, इटाली, जापान)
परिणाम League of Nations स्थापना UN स्थापना (१९४५); परमाणु बम

भारतीय स्वतन्त्रता आन्दोलन

चरण अवधि नेता/घटना
प्रारम्भिक १८५७–१९१५ सिपाही विद्रोह (१८५७); भारतीय राष्ट्रिय काँग्रेस स्थापना (१८८५)
गान्धी युग १९१९–१९४७ महात्मा गान्धीको नेतृत्व; असहयोग, सत्याग्रह, दाण्डी मार्च (१९३०)
स्वतन्त्रता १९४७ अगस्त १५ भारत र पाकिस्तान छुट्टै राष्ट्र
गान्धी युग: १९१९–१९४७ — परीक्षामा बारम्बार सोधिन्छ
⚡ Quick Recall — विश्व इतिहास

  • म्याग्नाकार्टा: १२१५, इंग्ल्याण्ड — मानव अधिकारको प्राचीन दस्तावेज
  • औद्योगिक क्रान्ति: इंग्ल्याण्डबाट सुरु (इटालीबाट होइन!)
  • फ्रान्सेली क्रान्ति = बौद्धिक क्रान्ति पनि भनिन्छ
  • UDHR: डिसेम्बर १०, १९४८ — मानवाधिकार दिवस यसैकारण डिसेम्बर १०
  • गान्धी युग: १९१९–१९४७
  • UN स्थापना: १९४५ (WWII पछि)
🎯 नमुना MCQ
Q1. औद्योगिक क्रान्तिको सुरुवात कहाँबाट भयो?
A) फ्रान्स   B) जर्मनी   C) इंग्ल्याण्ड ✓   D) इटाली

Q2. भारतीय स्वतन्त्रता आन्दोलनमा गान्धी युग भनेर कुन अवधिलाई चिनिन्छ?
A) १९०५–१९४७   B) १९१९–१९४७ ✓   C) १९२०–१९४७   D) १९१५–१९४७

Q3 (Level II — Assertion-Reason).
कथन (A): DNA Fingerprinting पितृत्व निर्धारण र अपराधी पहिचानमा विश्वसनीय साधन हो।
कारण (R): मौकाको तहकिकातमा प्राप्त रौँ, थुक, वीर्य आदि DNA Analysis का लागि पर्याप्त छन्।
A) A र R दुवै ठीक र R ले A को सही व्याख्या गर्छ ✓