PSC (psc.gov.np) website is currently down, so new notices and results cannot be fetched right now. We will update as soon as it is back.

लोक सेवा आयोगको वेबसाइट अहिले चलेको छैन। आयोग सञ्चालनमा आउनासाथ सूचना तथा नतिजा अपडेट गरिनेछ।

सामान्य ज्ञान खण्ड

प्रथम पत्रमा सामान्य ज्ञान खण्डबाट ६० अंक सोधिन्छ। जम्मा ३० वटा वस्तुगत प्रश्न हुन्छन्, प्रत्येक प्रश्न २ अंकको हुन्छ।

१. सौर्यमण्डल र भूगोल

यसमा सौर्यमण्डल, पृथ्वी, विश्व भूगोल र नेपालको भूगोल पर्छ। महादेश, महासागर, अक्षांश, देशान्तर, समय, दूरी, पर्वत, भूकम्प, ज्वालामुखी, नदी, हिमनदी, ताल र जलवायु जस्ता आधारभूत तथ्यहरू दोहोर्‍याउनुपर्छ। नेपालतर्फ भौगोलिक अवस्था, धरातलीय स्वरूप र प्राकृतिक स्रोतहरू महत्त्वपूर्ण छन्।

२. इतिहास

विश्व इतिहासमा औद्योगिक क्रान्ति, फ्रान्सेली राज्यक्रान्ति, अमेरिकी स्वतन्त्रता संग्राम, रूसी क्रान्ति, पहिलो/दोस्रो विश्वयुद्ध र भारतीय स्वतन्त्रता आन्दोलनका कारण, घटना र परिणाम पढ्नुपर्छ। नेपालको इतिहासमा किराँत, लिच्छवि, मल्ल र आधुनिक नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक पक्ष समेटिन्छ।

३. नेपालको सामाजिक, आर्थिक अवस्था र शासन व्यवस्था

समाज, परम्परा, मूल्य, धर्म, जातजाति, भाषा, संस्कृति, कला, साहित्य, संगीत र सांस्कृतिक सम्पदा पढ्नुपर्छ। आर्थिक सूचक, कृषि, उद्योग, व्यापार, पर्यटन, यातायात, सञ्चार, विकास योजना, संविधान, संघीय शासन प्रणाली र राजनीतिक व्यवस्था पनि यसै खण्डमा पर्छन्।

४. विज्ञान प्रविधि, जनस्वास्थ्य र वातावरण

मानव जीवनमा प्रभाव पार्ने वैज्ञानिक आविष्कार, स्वास्थ्य, रोग, खाद्य र पोषण, जैविक विविधता, दिगो विकास, जलवायु परिवर्तन, वातावरण व्यवस्थापन, प्रदूषण, जनसंख्या, शहरीकरण र बसाइँसराइसँग सम्बन्धित प्रश्न आउन सक्छन्।

५. अन्तर्राष्ट्रिय सम्बन्ध र समसामयिक

संयुक्त राष्ट्रसंघ, सार्क, आसियान, युरोपेली संघ जस्ता संस्थाहरू, राष्ट्रिय/अन्तर्राष्ट्रिय महत्त्वका समसामयिक घटना, महत्वपूर्ण व्यक्तित्व र विचारकहरू नियमित रूपमा अद्यावधिक गर्नुपर्छ।