
लिच्छविकाल किन महत्त्वपूर्ण?
लिच्छविकाललाई नेपालको इतिहासमा स्वर्णयुगको रूपमा पढिन्छ। अभिलेख, मूर्ति, मन्दिर, मुद्रा, शासन प्रणाली र संस्कृतिको विकासका कारण यो काल लोक सेवा परीक्षामा बारम्बार दोहोरिने विषय हो।
महत्त्वपूर्ण तथ्य
| पहिलो लिच्छवि राजा | जयदेव प्रथम |
|---|---|
| आदिपुरुष | सुपुष्प |
| राजभाषा | संस्कृत |
| प्राचीन अभिलेख | मालीगाउँमा प्राप्त जयवर्माको अभिलेख |
| द्वैध शासन सुरु | वसन्तदेवको पालामा मानिन्छ |
मानदेव
- चाँगुनारायणको अभिलेखसँग मानदेवको नाम जोडिन्छ।
- मानाङ्क नामक मुद्रा प्रचलनमा ल्याएको मानिन्छ।
- नाग र वासुकी पूजाको परम्परा सुरु गरेको उल्लेख पाइन्छ।
अंशुवर्मा
- महासामन्त पदवी धारण गरेका थिए।
- कैलाशकुट भवन निर्माणसँग जोडिन्छन्।
- शब्दविद्या नामक ग्रन्थ लेखेको मानिन्छ।
- पशुपतिनाथलाई राजमान्यता दिएको कुरा पनि पढिन्छ।
नरेन्द्रदेव र गुणकामदेव
नरेन्द्रदेवलाई रातो मच्छिन्द्रनाथ र भोटो जात्रासँग जोडिन्छ। गुणकामदेवलाई काठमाडौँ/कान्तिपुर शहर, इन्द्रजात्रा, कृष्णजात्रा, लाखेजात्रा र भद्रकाली मन्दिरसँग जोडेर पढिन्छ।