PSC (psc.gov.np) website is currently down, so new notices and results cannot be fetched right now. We will update as soon as it is back.

लोक सेवा आयोगको वेबसाइट अहिले चलेको छैन। आयोग सञ्चालनमा आउनासाथ सूचना तथा नतिजा अपडेट गरिनेछ।

नेपालका तीन भौगोलिक प्रदेश

नेपाललाई साधारणतः हिमाल, पहाड र तराई गरी तीन भौगोलिक प्रदेशमा विभाजन गरिन्छ। यी प्रदेशहरू उचाइ, जलवायु, बसोबास, कृषि, वनस्पति र आर्थिक गतिविधिमा फरक छन्।

प्रदेश क्षेत्रफल जनसंख्या जिल्ला स्थानीय तह उचाइ
हिमाली २५.५% ६.०८% २१ १६९ ३,३५० m देखि ८,८४८.८६ m
पहाडी ५७.५% ४०.३१% ३५ ३०८ ६१० m देखि ३,३५० m
तराई १७% ५३.६१% २१ २७६ ५९ m देखि ६१० m

हिमाली प्रदेश

  • ५,००० m भन्दा माथिका प्रमुख हिमशृंखला यस क्षेत्रमा पर्छन्।
  • विश्वका १० सर्वोच्च शिखरमध्ये नेपालका ८ वटा हिमशिखर यसै क्षेत्रमा पर्छन्।
  • मुख्य हिमाल, भित्री हिमाल र सीमान्त/बाहिरी हिमाल गरी पढिन्छ।
  • भित्री हिमाललाई नेपालको भोट प्रदेश पनि भनिन्छ।

पहाडी प्रदेश

  • चुरे, महाभारत र मध्यभूमि यस प्रदेशका मुख्य भाग हुन्।
  • चुरे क्षेत्रलाई तराईको पानी recharge गर्ने क्षेत्रका रूपमा चिनिन्छ।
  • चुरे संरक्षण दिवस: असार २।
  • महाभारत पर्वतलाई Lesser Himalaya वा Middle Himalaya पनि भनिन्छ।

तराई प्रदेश

  • नेपालको दक्षिणी समथर भूभाग तराई हो।
  • भावर क्षेत्र चुरेको दक्षिणमा रहेको ढुंगा, रोडा र कंकरयुक्त क्षेत्र हो।
  • भित्री मधेश चुरे र महाभारतबीचका उपत्यका/फाँटहरू हुन्।
  • भित्री मधेशका प्रमुख क्षेत्र: उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी, दाङ-देउखुरी र सुर्खेत।

परीक्षामा ध्यान दिनुपर्ने

भौगोलिक विभाजन पढ्दा प्रतिशत, जिल्ला संख्या, स्थानीय तह संख्या, उचाइ र “सबैभन्दा ठूलो/सानो जिल्ला” जस्ता कुरा छुट्टै सम्झिनुहोस्।