नेपालका तीन भौगोलिक प्रदेश
नेपाललाई साधारणतः हिमाल, पहाड र तराई गरी तीन भौगोलिक प्रदेशमा विभाजन गरिन्छ। यी प्रदेशहरू उचाइ, जलवायु, बसोबास, कृषि, वनस्पति र आर्थिक गतिविधिमा फरक छन्।
| प्रदेश | क्षेत्रफल | जनसंख्या | जिल्ला | स्थानीय तह | उचाइ |
|---|---|---|---|---|---|
| हिमाली | २५.५% | ६.०८% | २१ | १६९ | ३,३५० m देखि ८,८४८.८६ m |
| पहाडी | ५७.५% | ४०.३१% | ३५ | ३०८ | ६१० m देखि ३,३५० m |
| तराई | १७% | ५३.६१% | २१ | २७६ | ५९ m देखि ६१० m |
हिमाली प्रदेश
- ५,००० m भन्दा माथिका प्रमुख हिमशृंखला यस क्षेत्रमा पर्छन्।
- विश्वका १० सर्वोच्च शिखरमध्ये नेपालका ८ वटा हिमशिखर यसै क्षेत्रमा पर्छन्।
- मुख्य हिमाल, भित्री हिमाल र सीमान्त/बाहिरी हिमाल गरी पढिन्छ।
- भित्री हिमाललाई नेपालको भोट प्रदेश पनि भनिन्छ।
पहाडी प्रदेश
- चुरे, महाभारत र मध्यभूमि यस प्रदेशका मुख्य भाग हुन्।
- चुरे क्षेत्रलाई तराईको पानी recharge गर्ने क्षेत्रका रूपमा चिनिन्छ।
- चुरे संरक्षण दिवस: असार २।
- महाभारत पर्वतलाई Lesser Himalaya वा Middle Himalaya पनि भनिन्छ।
तराई प्रदेश
- नेपालको दक्षिणी समथर भूभाग तराई हो।
- भावर क्षेत्र चुरेको दक्षिणमा रहेको ढुंगा, रोडा र कंकरयुक्त क्षेत्र हो।
- भित्री मधेश चुरे र महाभारतबीचका उपत्यका/फाँटहरू हुन्।
- भित्री मधेशका प्रमुख क्षेत्र: उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी, दाङ-देउखुरी र सुर्खेत।
परीक्षामा ध्यान दिनुपर्ने
भौगोलिक विभाजन पढ्दा प्रतिशत, जिल्ला संख्या, स्थानीय तह संख्या, उचाइ र “सबैभन्दा ठूलो/सानो जिल्ला” जस्ता कुरा छुट्टै सम्झिनुहोस्।