PSC (psc.gov.np) website is currently down, so new notices and results cannot be fetched right now. We will update as soon as it is back.

लोक सेवा आयोगको वेबसाइट अहिले चलेको छैन। आयोग सञ्चालनमा आउनासाथ सूचना तथा नतिजा अपडेट गरिनेछ।

विश्वका टेक्टोनिक प्लेटहरू - Astroskiandhike, CC BY-SA 4.0, Wikimedia Commons
टेक्टोनिक प्लेट सीमा र Ring of Fire क्षेत्र। स्रोत: Wikimedia Commons.

भूकम्प

  • भूकम्प अध्ययन गर्ने विषय: Seismology।
  • भूकम्प मापन गर्ने यन्त्र: Seismograph।
  • भूकम्पको मापन: Magnitude।
  • भूकम्प उत्पत्ति केन्द्र: Hypocenter/Focus।
  • सतहमा सबैभन्दा पहिले असर देखिने केन्द्र: Epicenter।
  • सुरक्षित उपाय: Drop, Cover and Hold।

भूकम्पको वर्गीकरण

Magnitude वर्ग
८ माथि Great/Major destructive
७-७.९ Major/Large
६-६.९ Strong
५-५.९ Moderate
३-४.९ Small

ज्वालामुखी

पग्लेको चट्टान, ग्यास, आगो, खरानी र धुवाँ पृथ्वीको कमजोर भागबाट बाहिर निस्कने प्रक्रियालाई ज्वालामुखी भनिन्छ।

  • प्रकार: सक्रिय, मृत र सुषुप्त।
  • Magma: पृथ्वीभित्रको तातो पग्लेको पदार्थ।
  • Lava: सतहमा निस्किएको magma।
  • Crater: lava निस्कने कचौरा-जस्तो प्वाल।
  • Pacific Ring of Fire: प्रशान्त महासागर वरिपरि फैलिएको ज्वालामुखी क्षेत्र।
  • समुद्री भूकम्पबाट बन्ने शक्तिशाली छाल: Tsunami।

चट्याङ

  • मुख्य कारण: Cumulonimbus बादल।
  • प्रकार: Cloud to Cloud, Cloud to Ground, Intracloud।
  • विश्वमा धेरै चट्याङ पर्ने क्षेत्रका रूपमा Venezuela को Lake Maracaibo क्षेत्र चर्चित छ।
  • चट्याङ पर्दा घरभित्र बस्ने, विद्युतीय सामग्री नछुने र रूखमुनि नबस्ने।