पृथ्वीनारायण शाहलाई नेपालको एकीकरणका मुख्य नायकका रूपमा पढिन्छ।

शाह वंशको पृष्ठभूमि

शाह वंशको पुख्र्यौली सम्बन्ध राजस्थानको चित्तौडगढसँग जोडेर पढिन्छ। कुलमण्डन खाँले शाह उपाधि पाएको प्रसंग, लमजुङ र गोरखासँग जोडिएको वंशक्रम, र द्रव्य शाहको गोरखा राज्यारोहण लोक सेवा तयारीका लागि महत्त्वपूर्ण छन्।

गोरखाका शाह राजा

द्रव्य शाह गोरखाका पहिलो शाह राजा
राम शाह न्यायप्रणाली र न्यायप्रिय शासनका लागि चिनिन्छन्
नरभूपाल शाह पृथ्वीनारायण शाहका पिता
पृथ्वीनारायण शाह नेपाल एकीकरणका नायक

पृथ्वीनारायण शाह

  • जन्म: वि.सं. १७७९ पौष २७
  • माता-पिता: कौशल्यावती र नरभूपाल शाह
  • शासनकाल: वि.सं. १७९९-१८३१
  • मृत्यु: वि.सं. १८३१ माघ १, देवीघाट, नुवाकोट
  • पहिलो आक्रमण: नुवाकोट
  • काठमाडौंलाई राजधानी घोषणा: वि.सं. १८२६ चैत्र १०

एकीकरणको अर्थ

नेपाल एकीकरण भनेको स-साना राज्यहरूलाई एउटै राजनीतिक संरचनामा ल्याउने प्रक्रिया हो। नुवाकोट, कीर्तिपुर, काठमाडौं, पाटन, भक्तपुर र मकवानपुर जस्ता स्थान एकीकरण अध्ययनका मुख्य बिन्दु हुन्।

दिव्य उपदेशको परीक्षा महत्व

पृथ्वीनारायण शाहका भनाइहरूमा स्वदेशी नीति, विदेशी सम्बन्ध, अर्थनीति, सुरक्षा र प्रशासनसम्बन्धी विचार भेटिन्छन्। “नेपाल दुई ढुंगाबीचको तरुल” भन्ने भनाइ विशेष रूपमा चर्चित छ।