⚖️ सामाजिक प्रथाहरू

खारेज भइसकेका प्रथाहरू (रातो) र अझै चलिरहेका वा कानुनी सीमामा रहेका प्रथाहरू (हरियो)

कमैया प्रथा
कमजोर आर्थिक अवस्थाका परिवारले लिएको ऋणको ब्याजस्वरूप सपरिवार साहूको खेतीपाती तथा घरायसी काम गर्नुपर्ने दासत्वजन्य प्रथा। मुख्यतः थारु समुदायमा प्रचलित।

खारेज: २०५७ साउन २

हलिया प्रथा
आफ्नो जमिन नहुनेहरूले अर्काको जग्गा खनजोत गरी न्यून ज्यालामा जीविकोपार्जन गर्ने प्रथा।

खारेज: २०६५ भाद्र २१

कमलरी प्रथा
थारु समुदायमा छोरीलाई धनीको घरमा कामदारको रूपमा राख्ने प्रथा। दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा प्रचलित।

खारेज: २०७०/०३/१३

सती प्रथा
श्रीमान मर्दा उसको लासमाथि श्रीमती पनि जीउँदै जलेर मर्नुपर्ने क्रूर प्रथा।

खारेज: १९७७ असार २५ (चन्द्र शमशेर)

दास प्रथा
उच्च वर्गका मानिसले निम्न वर्गका मानिसलाई आफ्नो सुख-सुविधाका लागि पशुझैं काम लगाउने तथा किनबेच गर्ने प्रथा।

खारेज: १९८१ वैशाख १ (चन्द्र शमशेर)

देउकी प्रथा
महारोग, छोरा नहुँदा वा भाकल पूरा गर्न छोरी किनेर मन्दिरमा चढाउने प्रथा। केन्द्र: बैतडीको मेलौली मन्दिर।

खारेज भएको

छाउपडी प्रथा
रजस्वला भएको बेला महिलालाई घरबाट टाढा गोठमा एक्लै राख्ने प्रथा। मुख्यतः सुदूर तथा मध्यपश्चिम क्षेत्रमा प्रचलित।

कानुनी प्रतिबन्ध

झुमा प्रथा
माइली छोरीलाई बौद्ध गुम्बामा चढाउने प्रथा। लामा र शेर्पा जातिमा प्रचलित। गुम्बामा चढाइएको माइलो छोरा: ढावा।

अझै प्रचलित

घोडाभेडा प्रथा
विवाद मिलाउनेलाई भेडा काटेर खुवाउने र घोडामा पठाउने प्रथा। मुगु जिल्लामा प्रचलित।

मुगु जिल्लामा

दाइजो प्रथा
विवाहमा केटी पक्षले केटा पक्षले माग गरेजति दाइजो दिनुपर्ने प्रथा। विशेष गरी तराई क्षेत्रमा प्रचलित।

कानुनी प्रतिबन्ध

झारा प्रथा
राज्य, भूमिपति वा सरकारी कर्मचारीले पारिश्रमिक नदिई श्रम लिने प्रथा।

उन्मूलन गरिएको

बाँधा प्रथा
ऋण लिदा धितो राख्न केही नहुँदा आफ्नो सन्तानलाई नै बन्धकको रूपमा राख्ने प्रथा। भीम शमशेरले रोक लगाएका थिए।

खारेज

तिर्जा प्रथा
राणाहरूले सिपाही तथा हाकिमहरूलाई तलबको सट्टा निश्चित ठाउँको बाली उठाउने अधिकारपत्र दिने प्रथा।

राणाकालीन प्रथा

डोलाजी प्रथा
मल्लकालमा प्रचलित। दुलाहा दुलहीको घरमा भित्रिने, दुलहीको गोत्रमा दुलाहाको गोत्र परिवर्तन हुने प्रथा।

मल्लकालीन प्रथा

सैरेली प्रथा
मध्यपश्चिमाञ्चलका सुर्खेत, सल्यानमा प्रचलित। युवकले युवतीलाई निम्तो दिने र सयर गर्न जाने प्रथा।

सुर्खेत, सल्यान