नेपाल बीमा प्राधिकरण (Nepal Insurance Authority)

नेपालमा बीमा व्यवसायको सुरुवातवि.सं. २००४ (1947 AD)
पहिलो बीमा कम्पनीमाल चलानी तथा बीमा कम्पनी (मूल: नेपाल इन्स्योरेन्स एण्ड ट्रान्सपोर्ट कम्पनी)
नेपाल बीमा समिति स्थापनावि.सं. २०२६ मा
मुख्यालय (बीमा समिति)कुपण्डोल, ललितपुर
बीमा ऐन, २०७९ लागूनेपाल बीमा प्राधिकरणमा रूपान्तरण
रूपान्तरणको मितिवि.सं. २०७९ कार्तिक २२
बीमा ऐन, २०७९ (Insurance Act, 2022 AD) लागू भएपछि “बीमा समिति” खारेज भई नयाँ नेपाल बीमा प्राधिकरण (Nepal Insurance Authority) गठन भयो। यो एक स्वायत्त, कानूनी व्यक्ति र अविभाज्य उत्तराधिकारी संस्था हो।

बीमा प्राधिकरणको संचालक समिति (दफा ६ अनुसार)

बीमा ऐन, २०७९ को दफा ६ अनुसार संचालक समिति (Board of Directors) मा ५ सदस्य मात्र रहन्छ:
१. अध्यक्ष (Chairperson)
२. अर्थ मन्त्रालयसहसचिव
३. कानून मन्त्रालयसहसचिव
४. जीवन बीमा विशेषज्ञ
५. निर्जीवन बीमा विशेषज्ञकम्तीमा एक महिला

लाइसेन्सप्राप्त बीमा कम्पनीहरू

कुल कम्पनी३५
जीवन१४
निर्जीवन१४
सूक्ष्म (Micro)बाँकी

नेपाल धितोपत्र बोर्ड (SEBON)

स्थापनावि.सं. २०५० जेठ २५
स्थापना ऐनधितोपत्र कारोबार ऐन, २०४०
हाल लागू ऐनधितोपत्र सम्बन्धी ऐन, २०६३ (जारी: २०६३ पुस ३०)
वस्तु विनिमय बजारको नियमनवि.सं. २०७४ भदौ ११ देखि
संचालक समिति७ सदस्यीय
हालका अध्यक्षसन्तोष नारायण श्रेष्ठ
SEBON को दीर्घकालीन सोच: स्वच्छ, प्रतिस्पर्धी र फराकिलो धितोपत्र तथा वस्तु विनिमय बजार मार्फत राष्ट्रिय पूँजी निर्माण गर्नु।
नेपालमा बीमा व्यवसाय कहिलेदेखि?

वि.सं. २००४ (1947 AD) — माल चलानी तथा बीमा कम्पनीबाट

बीमा प्राधिकरणको BOD मा कति सदस्य?

५ सदस्य (बीमा ऐन, २०७९ दफा ६ अनुसार)

SEBON कहिले स्थापना?

वि.सं. २०५० जेठ २५

बीमा समितिबाट बीमा प्राधिकरण कहिले?

वि.सं. २०७९ कार्तिक २२