प्रथम विश्वयुद्ध

सुरु: १९१४ जुलाई २८
अन्त्य: १९१८ नोभेम्बर ११
तत्कालीन कारण: Archduke Ferdinand हत्या
Versailles Treaty: १९१९ जुन २८

प्रथम विश्वयुद्धका प्रमुख कारणहरू गुप्त सन्धि, सैन्यवाद, उग्र राष्ट्रवाद, उपनिवेश प्रतिस्पर्धा, जर्मनीको नीति र युद्ध रोक्ने प्रभावकारी संस्थाको अभाव थिए।

प्रथम विश्वयुद्धपछि

  • League of Nations स्थापना: १९२० जनवरी १०।
  • जर्मनीमाथि Versailles Treaty मार्फत कडा क्षतिपूर्ति र सेना सीमित।
  • युरोपको शक्ति सन्तुलन बदलियो।

दोस्रो विश्वयुद्ध

सुरु: १९३९ सेप्टेम्बर १
अन्त्य: १९४५ सेप्टेम्बर २
शक्तिशाली: अमेरिका र रूस
इटाली आत्मसमर्पण: १९४३

दोस्रो विश्वयुद्धको तत्कालीन पृष्ठभूमि जर्मनीको आक्रामक विस्तार, Treaty व्यवस्थाप्रतिको असन्तुष्टि, फासिस्ट/नाजी विचारधारा र कमजोर अन्तर्राष्ट्रिय संस्थासँग जोडिन्छ।

प्रथम विश्वयुद्धको आधार युद्ध?

बाल्कन प्रायद्वीपका युद्धहरू, १९१२ र १९१३।

Central Powers?

जर्मनी पक्षका राष्ट्रहरू।

Allied Powers?

बेलायत पक्षका मित्र राष्ट्रहरू।