PSC (psc.gov.np) website is currently down, so new notices and results cannot be fetched right now. We will update as soon as it is back.

लोक सेवा आयोगको वेबसाइट अहिले चलेको छैन। आयोग सञ्चालनमा आउनासाथ सूचना तथा नतिजा अपडेट गरिनेछ।

BOST के हो?

आधारभूत कार्यालय सीप परीक्षण अर्थात् BOST प्रथम पत्रको ४० अंकको भाग हो। यसमा २० वटा प्रश्न हुन्छन्, प्रत्येक प्रश्न २ अंकको हुन्छ। यसको उद्देश्य उम्मेदवारले कार्यालयका आधारभूत काम छिटो, सही र तार्किक रूपमा गर्न सक्छ कि सक्दैन भन्ने जाँच गर्नु हो।

परीक्षणका मुख्य प्रकार

  • Verification: तथ्यांक, संख्या वा शब्दगत सूचनामा त्रुटि, समानता वा भिन्नता पत्ता लगाउने।
  • Completion: खाली ठाउँ, क्रम, ढाँचा वा matrix तार्किक रूपमा पूरा गर्ने।
  • Classification: दिइएका वस्तु वा सूचना वर्गीकरण गर्ने वा फरक तत्व छुट्याउने।
  • Analogy: शब्द, संख्या वा चित्रात्मक विवरणबीचको सम्बन्ध पत्ता लगाउने।
  • Filing aptitude: अक्षरक्रम, संख्यात्मक क्रम वा समयक्रम अनुसार मिलाउने।
  • Following instructions: लिखित निर्देशनलाई ठीकसँग पालना गर्ने।
  • Numerical reasoning: आधारभूत अंकगणितीय क्रिया प्रयोग गरेर समाधान निकाल्ने।
  • Coding and matching: कोडिङ र मिलान सम्बन्धी प्रश्न समाधान गर्ने।
  • Analytical reasoning: तथ्य वा संकेतका आधारमा तार्किक निष्कर्ष निकाल्ने।
  • Direction and distance: दिशा र दूरीको अवस्था बुझेर उत्तर दिने।

तयारी गर्ने तरिका

BOST को स्तर कक्षा १० उत्तीर्ण उम्मेदवारले उत्तर दिन सक्ने किसिमको हुन्छ। विशेष विषयगत घोकाइभन्दा पनि गति, शुद्धता, सामान्य विवेक, सूचनाको तुलना र तार्किक विश्लेषणमा अभ्यास चाहिन्छ।