सामान्य ज्ञान खण्ड
प्रथम पत्रमा सामान्य ज्ञान खण्डबाट ६० अंक सोधिन्छ। जम्मा ३० वटा वस्तुगत प्रश्न हुन्छन्, प्रत्येक प्रश्न २ अंकको हुन्छ।
१. सौर्यमण्डल र भूगोल
यसमा सौर्यमण्डल, पृथ्वी, विश्व भूगोल र नेपालको भूगोल पर्छ। महादेश, महासागर, अक्षांश, देशान्तर, समय, दूरी, पर्वत, भूकम्प, ज्वालामुखी, नदी, हिमनदी, ताल र जलवायु जस्ता आधारभूत तथ्यहरू दोहोर्याउनुपर्छ। नेपालतर्फ भौगोलिक अवस्था, धरातलीय स्वरूप र प्राकृतिक स्रोतहरू महत्त्वपूर्ण छन्।
२. इतिहास
विश्व इतिहासमा औद्योगिक क्रान्ति, फ्रान्सेली राज्यक्रान्ति, अमेरिकी स्वतन्त्रता संग्राम, रूसी क्रान्ति, पहिलो/दोस्रो विश्वयुद्ध र भारतीय स्वतन्त्रता आन्दोलनका कारण, घटना र परिणाम पढ्नुपर्छ। नेपालको इतिहासमा किराँत, लिच्छवि, मल्ल र आधुनिक नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक पक्ष समेटिन्छ।
३. नेपालको सामाजिक, आर्थिक अवस्था र शासन व्यवस्था
समाज, परम्परा, मूल्य, धर्म, जातजाति, भाषा, संस्कृति, कला, साहित्य, संगीत र सांस्कृतिक सम्पदा पढ्नुपर्छ। आर्थिक सूचक, कृषि, उद्योग, व्यापार, पर्यटन, यातायात, सञ्चार, विकास योजना, संविधान, संघीय शासन प्रणाली र राजनीतिक व्यवस्था पनि यसै खण्डमा पर्छन्।
४. विज्ञान प्रविधि, जनस्वास्थ्य र वातावरण
मानव जीवनमा प्रभाव पार्ने वैज्ञानिक आविष्कार, स्वास्थ्य, रोग, खाद्य र पोषण, जैविक विविधता, दिगो विकास, जलवायु परिवर्तन, वातावरण व्यवस्थापन, प्रदूषण, जनसंख्या, शहरीकरण र बसाइँसराइसँग सम्बन्धित प्रश्न आउन सक्छन्।
५. अन्तर्राष्ट्रिय सम्बन्ध र समसामयिक
संयुक्त राष्ट्रसंघ, सार्क, आसियान, युरोपेली संघ जस्ता संस्थाहरू, राष्ट्रिय/अन्तर्राष्ट्रिय महत्त्वका समसामयिक घटना, महत्वपूर्ण व्यक्तित्व र विचारकहरू नियमित रूपमा अद्यावधिक गर्नुपर्छ।