Gen-Z आन्दोलन: कारण, घटनाक्रम र परिणाम

आन्दोलनको पृष्ठभूमि

Gen-Z भनेको सन् 1997–2012 बीच जन्मेका पुस्ता हो — सामाजिक सञ्जालमा सक्रिय, भ्रष्टाचारविरोधी, परिवर्तनमुखी युवाहरू। नेपालमा यो आन्दोलन भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध सुरु भयो।

घटनाक्रम: भाद्र २०८२

भाद्र १९ — सूचना तथा प्रविधि मन्त्रालयले २६ सामाजिक सञ्जाल बन्द/निष्क्रिय गर्ने निर्णय (मन्त्री: पृथ्वी सुब्बा गुरुङ)
भाद्र २३ — Gen-Z आन्दोलन सुरु; गृहमन्त्री रमेश लेखको राजीनामा; मन्त्रिपरिषद्ले सामाजिक सञ्जाल फुकुवा गर्ने निर्णय
भाद्र २४ — प्रधानमन्त्री KP Oli को राजीनामा; सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, शीतल निवास जलाइयो
भाद्र २७सुशीला काकीको नेतृत्वमा अन्तरिम सरकार गठन; संसद विघटन; २०८२ फागुन २१ निर्वाचन घोषणा
सिंहदरबारमा पहिलो पटक आगलागी: वि.सं. २०३० असार २५ गते

आन्दोलनका प्रमुख माग

विरुद्ध आवाजNepobabies, भ्रष्टाचार, राजनीतिक परिवारवाद
नाराहरूEnough is enough / Wake Up Gen Z / Youths against Corruption
क्षति७२ भन्दा बढी निधन, ठूलो धनजनको क्षति
सहिद घोषणा४५ जनालाई — २०८२ कार्तिक १७

सुशीला काकी: प्रथम महिला

पद विवरण मिति
पहिलो महिला प्रधानन्यायाधीश नेपालको इतिहासमा २०७३ असार २७
पहिलो महिला प्रधानमन्त्री अन्तरिम सरकार प्रमुख २०८२ भाद्र २७

न्यायिक जाँचबुझ आयोग

गठन मिति२०८२ असोज ५
अध्यक्ष/संयोजकपूर्वन्यायाधीश गौरीबहादुर काकी
सदस्यतीन सदस्यीय
उद्देश्यGen-Z आन्दोलनमा भएका घटना छानबिन
Quick Recall
  • Gen-Z = 1997–2012 जन्मेका पुस्ता
  • आन्दोलनको मुख्य कारण = Corruption + Social Media Ban (२६ सञ्जाल)
  • अन्तरिम सरकार प्रमुख = सुशीला काकी (भाद्र २७, २०८२)
  • सहिद = ४५ जना (कार्तिक १७, २०८२)
  • न्यायिक आयोग अध्यक्ष = गौरीबहादुर काकी
  • Gen-Z आन्दोलनजस्तो सत्ता परिवर्तन भएको अफ्रिकी मुलुक = माडागास्कर