BOST के हो?
आधारभूत कार्यालय सीप परीक्षण अर्थात् BOST प्रथम पत्रको ४० अंकको भाग हो। यसमा २० वटा प्रश्न हुन्छन्, प्रत्येक प्रश्न २ अंकको हुन्छ। यसको उद्देश्य उम्मेदवारले कार्यालयका आधारभूत काम छिटो, सही र तार्किक रूपमा गर्न सक्छ कि सक्दैन भन्ने जाँच गर्नु हो।
परीक्षणका मुख्य प्रकार
- Verification: तथ्यांक, संख्या वा शब्दगत सूचनामा त्रुटि, समानता वा भिन्नता पत्ता लगाउने।
- Completion: खाली ठाउँ, क्रम, ढाँचा वा matrix तार्किक रूपमा पूरा गर्ने।
- Classification: दिइएका वस्तु वा सूचना वर्गीकरण गर्ने वा फरक तत्व छुट्याउने।
- Analogy: शब्द, संख्या वा चित्रात्मक विवरणबीचको सम्बन्ध पत्ता लगाउने।
- Filing aptitude: अक्षरक्रम, संख्यात्मक क्रम वा समयक्रम अनुसार मिलाउने।
- Following instructions: लिखित निर्देशनलाई ठीकसँग पालना गर्ने।
- Numerical reasoning: आधारभूत अंकगणितीय क्रिया प्रयोग गरेर समाधान निकाल्ने।
- Coding and matching: कोडिङ र मिलान सम्बन्धी प्रश्न समाधान गर्ने।
- Analytical reasoning: तथ्य वा संकेतका आधारमा तार्किक निष्कर्ष निकाल्ने।
- Direction and distance: दिशा र दूरीको अवस्था बुझेर उत्तर दिने।
तयारी गर्ने तरिका
BOST को स्तर कक्षा १० उत्तीर्ण उम्मेदवारले उत्तर दिन सक्ने किसिमको हुन्छ। विशेष विषयगत घोकाइभन्दा पनि गति, शुद्धता, सामान्य विवेक, सूचनाको तुलना र तार्किक विश्लेषणमा अभ्यास चाहिन्छ।