अन्तिम चरणमा के-के हुन्छ?
खरिदार परीक्षाको अन्तिम चरणमा कम्प्युटर सीप परीक्षण १० अंक र अन्तर्वार्ता ३० अंक हुन्छ। कम्प्युटर सीप परीक्षण practical हुन्छ।
कम्प्युटर सीप परीक्षणका विषय
- Windows Basic: GUI, Windows सुरु/बन्द गर्ने, Desktop, Taskbar, My Computer, Recycle Bin, files/folders र search.
- MS Word: document create/save/open, देवनागरी र अंग्रेजी typing, font/size/color/bold/italic/underline, paragraph formatting, header/footer/page number, page setup, preview र print.
अंक विभाजन
- देवनागरी typing: २.५ अंक, ५ मिनेट।
- English typing: २.५ अंक, ५ मिनेट।
- Windows basic र MS Word: ५ अंक, ५ मिनेट।
टाइपिङमा ध्यान दिनुपर्ने कुरा
देवनागरी typing का लागि १५० शब्द र English typing का लागि २०० शब्दको text दिन सकिन्छ। Correct words per minute का आधारमा अंक दिइन्छ। गलत शब्द घटाएर शुद्ध शब्द प्रति मिनेट निकालिन्छ, त्यसैले छिटो मात्र होइन, शुद्ध टाइपिङ पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
MS Word sample काम
दिइएको document लाई अर्को नाममा save गर्ने, 1.5 line spacing लगाउने, header मा नाम र roll number राख्ने, margin मिलाउने र footer मा page number राख्ने जस्ता काम आउन सक्छन्।