PSC (psc.gov.np) website is currently down, so new notices and results cannot be fetched right now. We will update as soon as it is back.

लोक सेवा आयोगको वेबसाइट अहिले चलेको छैन। आयोग सञ्चालनमा आउनासाथ सूचना तथा नतिजा अपडेट गरिनेछ।

नेपालको भौगोलिक नक्सा - Map: NordNordWest, CC BY-SA 3.0 DE, Wikimedia Commons
नेपालको भौगोलिक अवस्थिति र भौतिक बनावट देखाउने नक्सा। स्रोत: Wikimedia Commons.

नेपालको अवस्थिति

नेपाल दक्षिण एसियामा अवस्थित भूपरिवेष्ठित हिमाली देश हो। यसको उत्तरतर्फ चीन र पूर्व, पश्चिम तथा दक्षिणतर्फ भारत पर्छ। लोक सेवा तयारीमा नेपालको अक्षांश-देशान्तर, क्षेत्रफल, सीमा, लम्बाइ-चौडाइ र मानक समय अत्यन्तै उपयोगी तथ्य हुन्।

मुख्य तथ्यहरू

अक्षांश २६°२२′ उत्तरदेखि ३०°२७′ उत्तरसम्म
देशान्तर ८०°०४′ पूर्वदेखि ८८°१२′ पूर्वसम्म
क्षेत्रफल १,४७,१८१ वर्ग km
नयाँ नाप अनुसार १,४७,५१६ वर्ग km
पूर्व-पश्चिम लम्बाइ ८८५ km
औसत चौडाइ १९३ km
अधिकतम चौडाइ २४१ km
न्यूनतम चौडाइ १४५ km

सीमा सम्बन्धी तथ्य

  • नेपालको अन्तर्राष्ट्रिय सीमा करिब २,९२६ km छ।
  • भारतसँगको सीमा करिब १,६९० km र चीनसँगको सीमा करिब १,२३६ km मानिन्छ।
  • भारतका ५ राज्य नेपालसँग जोडिन्छन्: उत्तराखण्ड, उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल र सिक्किम।
  • नेपालको नजिकको समुद्री बन्दरगाह: कोलकाता बन्दरगाह।
  • नेपालबाट नजिकको समुद्र: बंगालको खाडी।

नेपालको मानक समय

  • नेपालको मानक समय वि.सं. २०४२ वैशाख १ देखि लागू गरिएको हो।
  • यो ८६°१५′ पूर्वी देशान्तरमा आधारित छ।
  • मानक समयको आधार गौरीशंकर हिमाल, दोलखा मानिन्छ।
  • नेपालको समय Greenwich Mean Time भन्दा ५ घण्टा ४५ मिनेट अगाडि छ।

छिटो सम्झिने बुँदा

  • लम्बाइ: ८८५ km
  • औसत चौडाइ: १९३ km
  • क्षेत्रफल: १,४७,१८१ वर्ग km
  • मानक समय: GMT + ५:४५
  • आधार देशान्तर: ८६°१५′ पूर्व