PSC (psc.gov.np) website is currently down, so new notices and results cannot be fetched right now. We will update as soon as it is back.

लोक सेवा आयोगको वेबसाइट अहिले चलेको छैन। आयोग सञ्चालनमा आउनासाथ सूचना तथा नतिजा अपडेट गरिनेछ।

विश्व भौतिक नक्सा - Gundan / mapswire.com, CC BY-SA 4.0, Wikimedia Commons
विश्वको भौतिक नक्सा: पर्वत, महासागर र स्थलरूप अध्ययनका लागि उपयोगी। स्रोत: Wikimedia Commons.

महादेश अनुसार सम्झिने तथ्य

महादेश पढ्दा “सबैभन्दा ठूलो/सानो”, “मुख्य नदी”, “उच्च शिखर”, “ठूलो देश”, “विशेष उपनाम” र “भूपरिवेष्ठित देश” मा ध्यान दिनुपर्छ।

एसिया

  • सबैभन्दा ठूलो महादेश।
  • उच्चतम शिखर: सगरमाथा।
  • मुख्य नदी: याङ्त्जे।
  • सबैभन्दा ठूलो देश: चीन।
  • सबैभन्दा ठूलो भूपरिवेष्ठित राष्ट्र: काजकिस्तान।
  • तिब्बतको पठार: संसारको फराकिलो उच्च पठार।

अफ्रिका

  • भूमध्यरेखाले करिब बीचबाट काटेको महादेश।
  • उपनाम: कालो/अँध्यारो महादेश, Zoo of the World।
  • उच्च शिखर: किलिमञ्जारो।
  • मुख्य नदी: नाइल।
  • ठूलो देश: अल्जेरिया।

उत्तर अमेरिका

  • नयाँ संसार भनेर चिनिन्छ।
  • ठूलो देश: क्यानडा।
  • उच्च शिखर: डेनाली/मेकिन्ले।
  • ठूलो ताजा पानीको ताल: सुपेरियर।
  • Great Lakes: सुपेरियर, मिचिगन, हुरोन, इरी र ओन्टारियो।

दक्षिण अमेरिका

  • पक्षीहरूको महादेश भनेर पढिन्छ।
  • मुख्य नदी: अमेजन।
  • विश्वको लामो पर्वतमाला: एण्डिज।
  • ठूलो देश: ब्राजिल।
  • अग्लो राजधानी: ला पाज, बोलिभिया।

अन्टार्कटिका, युरोप र अष्ट्रेलिया

  • अन्टार्कटिका: मानव बसोबास नभएको, विश्वको करिब ९०% हिउँ भएको महादेश।
  • युरोप: मरुभूमि विहीन महादेश, प्रायद्वीपको प्रायद्वीप।
  • अष्ट्रेलिया: टापु महादेश, कंगारुको महादेश, Great Dividing Range भएको।