PSC (psc.gov.np) website is currently down, so new notices and results cannot be fetched right now. We will update as soon as it is back.

लोक सेवा आयोगको वेबसाइट अहिले चलेको छैन। आयोग सञ्चालनमा आउनासाथ सूचना तथा नतिजा अपडेट गरिनेछ।

महासागरहरू

पृथ्वीको सतहमा पानीले ढाकेको विशाल जलमण्डललाई महासागर भनिन्छ। महासागरको अध्ययनलाई Oceanography भनिन्छ।

महासागर विशेषता गहिरो भाग
प्रशान्त सबैभन्दा ठूलो र गहिरो, धेरै टापु भएको Mariana Trench
आन्ध्र/Atlantic S आकार, व्यापारिक/व्यस्त महासागर Puerto Rico Trench
हिन्द Ocean of Monsoon, तेल महासागर Java/Sunda Trench
कुमेरु/Southern दक्षिण ध्रुवीय, चिसो पानीको महासागर विभिन्न trench क्षेत्र
सुमेरु/Arctic सबैभन्दा सानो, उत्तरी ध्रुवीय Molloy Deep

अक्षांश र देशान्तर

विषय अक्षांश देशान्तर
आकार पूर्ण वृत्ताकार अर्ध वृत्ताकार
संख्या ९०° उत्तर + ९०° दक्षिण = १८० १८०° पूर्व + १८०° पश्चिम = ३६०
मुख्य रेखा भूमध्य रेखा, ०° प्रधान मध्याह्न रेखा, ०°
प्रयोग दूरी र जलवायु बुझ्न समय र स्थान बुझ्न
मापन नियम १° ≈ १११ km १° = ४ मिनेट समय

समय सम्बन्धी नियम

  • १५° देशान्तर बराबर १ घण्टा समय फरक पर्छ।
  • प्रधान मध्याह्न रेखाको पूर्वतर्फ समय छिटो र पश्चिमतर्फ ढिलो हुन्छ।
  • १८०° देशान्तरलाई अन्तर्राष्ट्रिय तिथि रेखा भनिन्छ।
  • विश्वलाई २४ वटा समय क्षेत्र मा विभाजन गरिएको छ।
  • GMT को आधार: Greenwich, London।

परीक्षा सूत्र

देशान्तरको समय निकाल्दा १° = ४ मिनेट र १५° = १ घण्टा लाई आधार मान्नुहोस्। अक्षांशको दूरी निकाल्दा १° = १११ km प्रयोग गर्नुहोस्।