विश्वका टेक्टोनिक प्लेटहरू - Astroskiandhike, CC BY-SA 4.0, Wikimedia Commons
टेक्टोनिक प्लेट सीमा र Ring of Fire क्षेत्र। स्रोत: Wikimedia Commons.

भूकम्प

  • भूकम्प अध्ययन गर्ने विषय: Seismology।
  • भूकम्प मापन गर्ने यन्त्र: Seismograph।
  • भूकम्पको मापन: Magnitude।
  • भूकम्प उत्पत्ति केन्द्र: Hypocenter/Focus।
  • सतहमा सबैभन्दा पहिले असर देखिने केन्द्र: Epicenter।
  • सुरक्षित उपाय: Drop, Cover and Hold।

भूकम्पको वर्गीकरण

Magnitude वर्ग
८ माथि Great/Major destructive
७-७.९ Major/Large
६-६.९ Strong
५-५.९ Moderate
३-४.९ Small

ज्वालामुखी

पग्लेको चट्टान, ग्यास, आगो, खरानी र धुवाँ पृथ्वीको कमजोर भागबाट बाहिर निस्कने प्रक्रियालाई ज्वालामुखी भनिन्छ।

  • प्रकार: सक्रिय, मृत र सुषुप्त।
  • Magma: पृथ्वीभित्रको तातो पग्लेको पदार्थ।
  • Lava: सतहमा निस्किएको magma।
  • Crater: lava निस्कने कचौरा-जस्तो प्वाल।
  • Pacific Ring of Fire: प्रशान्त महासागर वरिपरि फैलिएको ज्वालामुखी क्षेत्र।
  • समुद्री भूकम्पबाट बन्ने शक्तिशाली छाल: Tsunami।

चट्याङ

  • मुख्य कारण: Cumulonimbus बादल।
  • प्रकार: Cloud to Cloud, Cloud to Ground, Intracloud।
  • विश्वमा धेरै चट्याङ पर्ने क्षेत्रका रूपमा Venezuela को Lake Maracaibo क्षेत्र चर्चित छ।
  • चट्याङ पर्दा घरभित्र बस्ने, विद्युतीय सामग्री नछुने र रूखमुनि नबस्ने।