PSC (psc.gov.np) website is currently down, so new notices and results cannot be fetched right now. We will update as soon as it is back.

लोक सेवा आयोगको वेबसाइट अहिले चलेको छैन। आयोग सञ्चालनमा आउनासाथ सूचना तथा नतिजा अपडेट गरिनेछ।

पृथ्वीनारायण शाहलाई नेपालको एकीकरणका मुख्य नायकका रूपमा पढिन्छ।

शाह वंशको पृष्ठभूमि

शाह वंशको पुख्र्यौली सम्बन्ध राजस्थानको चित्तौडगढसँग जोडेर पढिन्छ। कुलमण्डन खाँले शाह उपाधि पाएको प्रसंग, लमजुङ र गोरखासँग जोडिएको वंशक्रम, र द्रव्य शाहको गोरखा राज्यारोहण लोक सेवा तयारीका लागि महत्त्वपूर्ण छन्।

गोरखाका शाह राजा

द्रव्य शाह गोरखाका पहिलो शाह राजा
राम शाह न्यायप्रणाली र न्यायप्रिय शासनका लागि चिनिन्छन्
नरभूपाल शाह पृथ्वीनारायण शाहका पिता
पृथ्वीनारायण शाह नेपाल एकीकरणका नायक

पृथ्वीनारायण शाह

  • जन्म: वि.सं. १७७९ पौष २७
  • माता-पिता: कौशल्यावती र नरभूपाल शाह
  • शासनकाल: वि.सं. १७९९-१८३१
  • मृत्यु: वि.सं. १८३१ माघ १, देवीघाट, नुवाकोट
  • पहिलो आक्रमण: नुवाकोट
  • काठमाडौंलाई राजधानी घोषणा: वि.सं. १८२६ चैत्र १०

एकीकरणको अर्थ

नेपाल एकीकरण भनेको स-साना राज्यहरूलाई एउटै राजनीतिक संरचनामा ल्याउने प्रक्रिया हो। नुवाकोट, कीर्तिपुर, काठमाडौं, पाटन, भक्तपुर र मकवानपुर जस्ता स्थान एकीकरण अध्ययनका मुख्य बिन्दु हुन्।

दिव्य उपदेशको परीक्षा महत्व

पृथ्वीनारायण शाहका भनाइहरूमा स्वदेशी नीति, विदेशी सम्बन्ध, अर्थनीति, सुरक्षा र प्रशासनसम्बन्धी विचार भेटिन्छन्। “नेपाल दुई ढुंगाबीचको तरुल” भन्ने भनाइ विशेष रूपमा चर्चित छ।