
शाह वंशको पृष्ठभूमि
शाह वंशको पुख्र्यौली सम्बन्ध राजस्थानको चित्तौडगढसँग जोडेर पढिन्छ। कुलमण्डन खाँले शाह उपाधि पाएको प्रसंग, लमजुङ र गोरखासँग जोडिएको वंशक्रम, र द्रव्य शाहको गोरखा राज्यारोहण लोक सेवा तयारीका लागि महत्त्वपूर्ण छन्।
गोरखाका शाह राजा
| द्रव्य शाह | गोरखाका पहिलो शाह राजा |
|---|---|
| राम शाह | न्यायप्रणाली र न्यायप्रिय शासनका लागि चिनिन्छन् |
| नरभूपाल शाह | पृथ्वीनारायण शाहका पिता |
| पृथ्वीनारायण शाह | नेपाल एकीकरणका नायक |
पृथ्वीनारायण शाह
- जन्म: वि.सं. १७७९ पौष २७
- माता-पिता: कौशल्यावती र नरभूपाल शाह
- शासनकाल: वि.सं. १७९९-१८३१
- मृत्यु: वि.सं. १८३१ माघ १, देवीघाट, नुवाकोट
- पहिलो आक्रमण: नुवाकोट
- काठमाडौंलाई राजधानी घोषणा: वि.सं. १८२६ चैत्र १०
एकीकरणको अर्थ
नेपाल एकीकरण भनेको स-साना राज्यहरूलाई एउटै राजनीतिक संरचनामा ल्याउने प्रक्रिया हो। नुवाकोट, कीर्तिपुर, काठमाडौं, पाटन, भक्तपुर र मकवानपुर जस्ता स्थान एकीकरण अध्ययनका मुख्य बिन्दु हुन्।
दिव्य उपदेशको परीक्षा महत्व
पृथ्वीनारायण शाहका भनाइहरूमा स्वदेशी नीति, विदेशी सम्बन्ध, अर्थनीति, सुरक्षा र प्रशासनसम्बन्धी विचार भेटिन्छन्। “नेपाल दुई ढुंगाबीचको तरुल” भन्ने भनाइ विशेष रूपमा चर्चित छ।