केमा कति सदस्य?

निकाय/समिति सदस्य संख्या
स्थानीय तहको न्यायिक समिति
न्याय सेवा आयोग
संवैधानिक इजलास
निर्वाचन क्षेत्र निर्धारण आयोग
संवैधानिक परिषद् ६ + १
राष्ट्रिय सुरक्षा परिषद् ७ + १
जिल्ला समन्वय समिति बढीमा ९
महाभियोग सिफारिस समिति ११

राष्ट्रिय सुरक्षा परिषद्: धारा २६६

राष्ट्रिय हित, सुरक्षा, प्रतिरक्षा नीति र नेपाली सेनाको परिचालन/नियन्त्रण सम्बन्धमा मन्त्रिपरिषद्लाई सिफारिस गर्न राष्ट्रिय सुरक्षा परिषद् रहन्छ।

  • प्रधानमन्त्री: अध्यक्ष
  • रक्षा मन्त्री, गृह मन्त्री, परराष्ट्र मन्त्री, अर्थ मन्त्री: सदस्य
  • मुख्य सचिव: सदस्य
  • प्रधान सेनापति: सदस्य
  • रक्षा मन्त्रालयका सचिव: सदस्य-सचिव

संवैधानिक परिषद्: धारा २८४

  • प्रधानमन्त्री: अध्यक्ष
  • प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विपक्षी दलका नेता, प्रतिनिधि सभाका उपसभामुख: सदस्य
  • प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्दा कानून तथा न्याय मन्त्री सदस्य रहन्छन्।
  • मुख्य सचिवले परिषद्को सचिव भई काम गर्छन्।

संवैधानिक अंगहरू

संविधानमै गठन, काम, कर्तव्य र अधिकार तोकिएका स्वतन्त्र निकायहरूलाई संवैधानिक अंग भनिन्छ। संविधानको व्यवस्था अनुसार नेपालमा १३ प्रकारका संवैधानिक निकाय/आयोग उल्लेख छन्।

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोग
  • महालेखा परीक्षक
  • लोक सेवा आयोग
  • निर्वाचन आयोग
  • राष्ट्रिय मानव अधिकार आयोग
  • राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
  • राष्ट्रिय महिला आयोग
  • राष्ट्रिय दलित आयोग
  • राष्ट्रिय समावेशी आयोग
  • आदिवासी जनजाति आयोग
  • मधेसी आयोग
  • थारू आयोग
  • मुस्लिम आयोग

मानव अधिकारसम्बन्धी छिटो सम्झिने प्रश्न

मानव अधिकारको महाअधिकारपत्र कुन हो?

म्याग्नाकार्टा।

मानव अधिकारको विश्वव्यापी घोषणापत्र कहिले पारित भयो?

सन् १९४८ डिसेम्बर १०।

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस?

डिसेम्बर १०।

विश्वव्यापी घोषणापत्रमा कति धारा छन्?

३० धारा।

नेपालको संविधानमा मानव अधिकार आयोग?

भाग २५, धारा २४८ र २४९।

मानव अधिकार उच्चायुक्तको मुख्यालय?

जेनेभा, स्वीट्जरल्याण्ड।

मानव अधिकारका पुस्ता

पुस्ता अधिकारको प्रकार
पहिलो पुस्ता नागरिक तथा राजनीतिक अधिकार
दोस्रो पुस्ता आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार
तेस्रो पुस्ता शान्ति, स्वच्छ वातावरण र विकासको अधिकार
चौथो पुस्ता स्वायत्तताको अधिकार